बोकेको पैसाको स्रोत खुलाउन नसक्दा प्रतिबाद नै नगरी खोरमा

काठमाडौँ । शङ्कास्पद अवस्थामा प्रहरीले जो कोहीलाई पनि नियन्त्रणमा लिन सक्छ। आफूसँग भएको धनको श्रोत पनि खुलाउन नसक्दा पनि प्रहरीको खोरमा पर्न सकिन्छ।

काठमाडौँ महानगरपालिका २६ साङ्ग्रिला होटल मोडबाट पनि शङ्काकै आधारमा प्रहरीले नियन्त्रणमा लिँदा उनीसँग मोटो पैसा भेटियो। सो पैसाको श्रोत खुलाउन नसक्दा उनी प्रहरीको खोरमा पुगेका छन्।

बा ३३ प ५४६४ नम्बरको मोटरसाइकलमा सवार काठमाडौँ महानगरपालिका मनमैजु बस्ने म्याग्दीका ३१ वर्षीय छमबहादुर मल्ललाई स्रोत नखुलेको नेपाली ४ लाख ५० हजार रुपैयाँ सहित मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँस्थित महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा छमबहादुरले बोकेको झोलामा उक्त रकमको श्रोत खुलाउन नसकेकोले नगद सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology