आज ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति छ ?

काठमाडौं । आज शुक्रबार पनि सुनको मुल्य ओरालो लागेको छ। बिहिबारको तुलनामा आज सुन ५ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार छापावाल सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मुल्य बढेसँगै आज चाँदीको मुल्य भने यथावत रहेको छ। हिजो प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको चाँदी १० रुपैयाँले घटेर आज प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology