अध्यक्ष गुरुङका घरमा भएको बम विस्पोटबाट त्रासित हुँदै म्यानपावर व्यवसायी संघले गर्यो निर्वाचन स्थगित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङका घरमा गत शुक्रबार भएको बम विस्पोट र क्षतिले सम्पूर्ण व्यवसायीहरु भयवित भएको भन्दै आगामी चैतमा हुन गइरहेको वार्षिक साधारण सभा तथा निवार्चन संघले स्थगित गरेको छ ।

व्यवसायीहरुलाई सरकारले सुरक्षाको ग्यारेन्टी र घटनामा संलग्नलाई कारबाहिको व्यवस्था नगरेसम्मका लागि निर्वाचन स्थगित गरिएको संघले जनाएको हो ।
संघले स्थापना कालदेखि नै कार्यसमितिको कार्यकाल अबधि समाप्त हुने वर्षको चैत २६ गते निर्वाचन गर्दै आएको थियो ।

०७४ सालमा निर्वाचन मिति आसाढ ३० गतेका लागि सारिएपनि संघले यसवर्ष पहिलेको यथावत मिति चैत २६ गते निर्वाचन गर्ने जनाएको थियो ।

गुरुङका घरमा बम विस्पोट र ठूलो क्षति भएकाले आफ्नो र म्यानपावर व्यवासायको सुरक्षाको माग राख्दै यस वर्षको चैत २६ गतेको साधारण सभा तथा निर्वाचन स्थगित गरिने भएको संघका महासचिव नरेश गेलालले जानकारी दिए ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology