आँचललाई लिन पल पञ्चेबाजासहित आउने (भिडियो)

काठमाडौँ । गायक आकाश तामाङको नयाँ गीत सार्वजनिक भएको छ । यसअघि उनले “जाउँ भनेर बोलाको” गीत सार्वजनिक गरेका थिए भने उनले यो पटक सोही गीतको भाग २ अर्थात “जाउँ भनेर बोलाको-२” सार्वजनिक गरेका हुन् ।

यस गीतको म्युजिक भिडियोमा चर्चित नायक नायिका आँप जोडी अर्थात नायिका आँचल शर्मा र नायक पल शाह फिर्चड छन् । गीतमा नायक पल शाहले बजाउदै पन्चेबाजा, बनेर राजा, आउँछु म तिम्रो घरमा कुरेर बस भन्दै छन् नायिका आँचललाई ।

गीतमा अजित घिसिङको शब्द तथा संगीत रहेको छ भने उदय राज पौडेलले एरेन्जमेन्ट गरेका छन् । सुरेश नेपालीले खिचेको भिडियोलाई नितिन चन्डले निर्देशन गरेका छन् र राजिव समरले कोरियोग्राफी गरेका छन् ।

हेर्नुस् भिडियो :

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology