विद्यार्थीहरुसँग तिथि अनुसार मनाइन् प्रियंकाले ३३ औं जन्मदिन (भिडियो रिपोर्ट)

काठमाडौँ ।केही दिनअघि ‘न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी’ लेखिएको टिर्सट लगाएर प्रियंका कार्की र आयुष्मान देशराज जोशी धनुषा जिल्लाको विभिन्न विद्यालयहरुमा पुगे । आयंका फाउण्डेशनले आयोजना गरेको महिनावारी सचेतना लगायत बिभिन्न कार्यक्रममा सहभागि हुन उनीहरु धनुषा पुगेका हुन् ।

प्रियंकालाई खानेपानी मन्त्रालयले उनीहरूलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेसँगै उनीहरूको यो व्यस्तता बढेको हो । उक्त फाउण्डेशनले महिनावारी सम्बन्धी जनचेतना फैलाउन धनुषा जिल्लाबाट सुरुवात थालेका हुन् । उनीहरूले यो अभियान पुरै देशभरको विद्यालयमा नै गर्ने योजना बनाएका छन् । उनीहरूले महिनावारी प्रति आममानिसमा रहेको नकरात्मक धारणालाई चिर्नको लागि यो अभियानको थालनी गरेका हुन् ।

आयंका फाउन्डेसनले सुरुवात गरेको पहिलो श्री निमावि हरिपुर निगाहपुर विद्यालयमा नायिका प्रियंका कार्कीले आफ्नो जन्मदिन मनाएकी हुन् । उनले विद्यालय पुगेर विद्यार्थीहरू माझ तिथि अनुसारले आफ्नो ३३ औं जन्मदिन मनाइन् ।

उनी फेब्रुअरी २७ सन् १९८७ मा जन्मेकी हुन् । तर तिथिले उनको शिवरात्रीको दिन जन्म भएको हो । केक काट्दै उनले आफ्नो नयाँ कामको सुरुवात पनि आफ्नो जन्मदिनकै दिन देखि थालनी गरेको बताइन् । केक काट्दा त्यहाँ उपस्थित विद्यार्थीहरूले ‘ह्याप्पी बर्थ डे टू यू प्रियंका’ भन्दै विश गरे ।

भिडियो :

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology