पाठक घुसकाण्ड : उपराष्ट्रपतिका छोरा दीपेशसँग बयान लिने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायतसँग बयान लिने भएको छ।

राजनारायण पाठकले घुस लिएको विषयमा अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश पुनसँगै अखिल क्रान्तिकारीका नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका दर्जनभन्दा बढीसँग बयान लिने भएको हो।

त्यस्तैगरी अख्तियारले पाठकलाई घुस बुझाउने चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग पनि आज बिहीबार बयान लिने भएको छ।

राजपाका नेपालका नेता ज्ञानेन्द्र झाले न्यौपानेको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए। घुस लिएको आरोपसँगै अख्तियारका आयुक्त राजनारायण पाठकले आफ्नो पदबाट यसअघि नै राजिनामा दिएका छन्।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology