रेशम चौधरीबारे अदालती फैसालमा बाबुराम भट्टराईको चित्त दुःखेपछि…

काठमाडौं । नयाँ शक्तिका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाईले बिहीबार राति दश बजेपछि एक ट्वीट गरेका छन् । उनको ट्वीट कैलाली जिल्ला अदालतले राजापाका निर्वाचित भएर शपथ ग्रहण गर्दा पनि प्रतिनिधिसभा जान नपाएका रेशम चौधरीबारे गरेको फैसलाबारेको हो ।

उनको ट्वीट हेर्दा जिल्ला अदालतको फैसलाप्रति उनको चित्त दुःखेको संकेत पाइन्छ ।

उनले लेखेका छन्, ‘कैलाली–१ का निर्वाचित सांसद रेशम चौधरी लगायत ११ जनालाई थारू विद्रोहको क्रममा भएको घटनामा आजन्म कैदको सजाय हुनु विडम्बनापूर्ण । त्यसपूर्व कांग्रेस÷एमाले÷माओवादी÷मधेसी आन्दोलनकारीसंग राजनीतिक सम्झौता हुनु तर थारू आन्दोलनकारी मात्र दण्डित हुनु कति जायज?यो त जो होचो उसको मुखमा घोचो भयो कि?’

नेपाल प्रहरीका उच्च अधिकारी र एक जना दुधे बालकसहित ७ जनाको ज्यान जानेगरि भएको एक आततायी घटनाको दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलगायत ११ जनालाई जन्म कैदको फैसाला बुधबार सुनाएको छ ।

यो फैसलाको कतिपयले स्वागत गरेका छन् भने कतिपयले चित्त दुःखाएका छन् । यही विषयलाई लिएर चौधरीको दल राजपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । उसले कैलाली जिल्ला अदातलको फैसलाले स्तब्ध भएको प्रतित्रिया दिएको छ । बाबुराम भट्टराईले भने यसलाई बिडम्बनापूर्ण भनेका छन् ।

रमाइलो त के भने बाबुरामको ट्वीटमा रिप्लाई गर्नेहरुले कुनै बेलाका माओवादीका दोस्रो नेता रहेका उनलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

एक जना ट्वीटर यूजर प्रमोद दाहालले लेखेका छन्, ‘हाम्रो त धेरै पैले देखीको माग हो बाउराम प्रचण्ड लगायतका सबैलाई १७ हजार निर्दोष नागरिकको हत्यामा फाँसी दिईयोस भनेर। बिडम्बना रमेश चौधरीलाई मात्रै त्यो नी आजिबन काराबासको सजाय भयो। कैले होला १० बर्षे नरसंहारको फैसला।’

कतिपयले त उनलाई अपशब्दसमेत प्रयोग गरेका छन् । बाबुरामको यो ट्वीटलाई कतिपयले त उनको आफु पनि कुनै दिन जेल जानु पर्ला भन्ने मनोदशाको उपज भएको मान्छन् ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology