गोर्खा सैनिकको पेन्सन वृद्धि

काठमाडौँ। बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ। यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७ अघि भर्ना भएका करीब २२ हजार गोर्खा सैनिक लाभान्वित हुने काठमाडांैस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

पेन्सन वृद्धिका लागि करीब २२ अर्ब रुपियाँ बराबरको बजेट छुट्याइएको छ। पेन्सन वृद्धि ३४ प्रतिशतसम्म हुने छ भने सो रकम व्यक्तिगत परिस्थितिका आधारमा फरक हुने जनाइएको छ । साथै, पेन्सन वृद्धि सन् २०१६ को जनवरी १ बाट नै लागू गरिने जनाइएको छ ।

यसैगरी, ब्रिटिस रक्षा राज्यमन्त्री मार्क लानकास्टरले नेपालमा बसोबास गरिरहेका गोर्खाका लागि आगामी दश वर्षसम्मका लागि ३६ अर्ब रुपियाँ बराबरको मेडिकल सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

गोर्खा कल्याणकारी कोषमार्फत् सो रकम वितरण गरिने विज्ञप्तिमा उल्लेख छ। यस किसिमको सहयोग वृद्धिको घोषणा दुई हप्ता अघि बेलायती मन्त्री लानकास्टरले नेपालको भ्रमण गरेपछि सार्वजनिक भएको हो

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology