डि कक र रबाडा चम्किएपछि दक्षिण अफ्रिकासँग ११३ रनले हार्‍यो श्रीलंका

बुधबार अबेर राती दक्षिण अफ्रिकाको सुपर स्पोर्ट मैदानमा भएको दोश्रो एक दिवसिय क्रिकेटमा पाहुना टोली श्रीलंकालाई दक्षिण अफ्रिकाले ११३ रनले पराजीत गरेको छ।

पहिलो म्याचपनि श्रीलंकाले ८ विकेटले गुमाएको थियो।

ब्याटिङका लागि पहिले मैदानमा उत्रेको अफ्रिकी टोलीले ४५.१ ओभरमा २५१ रन बनाएको थियो। उसका लागि क्विंटन डि ककले सर्वाधिक ९४ रन जोडेका थिए। उनले यसक्रममा १७ चौका प्रहार गरेका थिए। यस्तै कप्तान फफ डु प्लेसिसले ५७ रनको योगदान दिए।

तत:पश्चात २५२ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको श्रीलंकालाई अफ्रिकी बलरहरूले खुलेर खेल्न दिएनन् र दबाबमा राखे।

श्रीलकंन टोली ३२.२ ओभरमा १३८ रन बनाउँदै अलआउट भयो। उसका लागि ओशाडो फर्नान्डोले सर्वाधिक ३१ रन जोडेका थिए। त्यस्तै कुशल मेन्डिसे २४ बनाउँदा कुसल परेराले २३, धन्ञ्जय डि सिवाले १५ र अवोश फर्नान्डोले १० रन बनाए। यी खेलाडीका अलावा श्रीलंका कुने पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकालाई सस्तैमा अलआउट गर्ने क्रममा द. अफ्रिकाका लागि क्यागिसो रबाडाले ३ विकेट लिए भने लुङ्गी एङ्गिडी, एनरिक नोर्टजे तथा इमरान ताहिरले समान २-२ विकेट लिए।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology