पिएसजी हारेको झोंकमा म्यान्चेस्टर युनाइटेडका फ्यानलाई पेरिसमा छुरा प्रहार

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका एक ४४ वर्षिय फ्यानलाई फ्रान्सको राजधानी पेरिसमा छुरा प्रहार गरिएको छ।

घटना च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिइसजी)माथि युनाइटेडले बुधबार नाटकिय जीत हासिल गरेपछि घटेको हो।

छुरा प्रहारपछि घाइते ती फ्यानको आकस्मिक शल्यक्रिया गरिएको थियो। हाल उनी पेरिसस्थित एक अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन्।

बिबिसीमा प्रकाशित समाचारका अनुसार छुरा प्रहार हुँदा उनी ट्याक्सीमा आफ्नो टोलीको जीतको खुशीयाली मनाइरहेका थिए।

बेलायतको विदेश मन्त्रालयले घटनालाई लिएर आफूहरू फ्रेन्च अधिकारीसँग सम्पर्कमा रहेको र आवश्यक सहयोगका तयार रहेको जनाएको छ।

बुधबार राति भएको खेलमा ९४ औं मिनेटमा प्राप्त पेनाल्टीबाट युनाइटेडले पिएसजीमाथि ३-१ को जीत निकालेको थियो। संमग्रमा ३-३ को बराबरी निकालेको युनाइटेडे अवे गोलका आधारमा पिएसजीलाई हराउँदै लिगको क्वाटरपाइनलमा प्रवेश गर्न सफल भयो।

आफ्नो टोली हारेपछि विपक्षी टोलीका प्रशंसकहरूमाथि बेलाबेलामा यस्ता प्रकृतिका आक्रमण हुने गरेका छन्।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology