गायक समिरले गरे युट्यूव ट्रेन्डिङमा ह्याट्रिक (भिडियोसहित)

काडमाडौं । पछिल्लो समय एकपछि अर्को हिट गीत दिइरहेका गायक समिर आचार्यले युट्यूव ट्रेन्डिङमा ह्याट्रिक गरेका छन् ।

उनको हिजोमात्रै बजारमा आएको ‘सानोमा सानो’ बोलको नयाँ गीत यो समाचार तयार पार्दासम्म युट्यूवको २० नम्बर ट्रेन्डिङमा आएको छ । यसअघि उनको ‘पीच रोड’ र ‘घाममा सुकाइदेउ’ बोलको गीत युट्यूवको ट्रेन्डिङमा आएका थिए ।

गीतमा अहिलेका चर्चित कोरियोग्राफर राहुल शाहको टिमलाई फिचर्ड गरिएको छ । गीतमा ‘भाइव एण्ड वेभ’ डान्स ग्रुपले आकर्षक नृत्य गरेका छन् । पवन सुस्लीगंको छायांकन तथा सम्पादन रहेको यस भिडियोमा राहुल शाह आफैले कोरियोग्राफी गरेका छन् भने शब्द तथा संगीत गायक आचार्य आफैले गरेका छन् ।

गीतमा आराज केशवको ¥याप पनि समावेश गरिएको छ । किशान श्रेष्ठको एरेन्ज रहेको यस गीतलाई मनोज बस्नेतले निर्माण गरेका हुन् ।

गायक आचार्यले यसअघि ‘होइन भन्देउन माया’, ‘मेरो दुनिया बेग्लै छ’, ‘तम्लाई चट्ट सलाम छ’, ‘घिन घिन बज्यो मादलु’, ‘कुटुकुटु यो मुटु खाने भो’, ‘पिच रोड’, ‘घाममा सुकाइदेउ’ लगायतका हिट गीत दिइसकेका छन् ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology