सिके राउतसँग भएको सम्झौता स्वागत योग्यः राप्रपा

काठमाडौं । सरकार र पृथकतावादी अभियान चलाउँदै आएका डा. सिके राउतबीच भएको सम्झौताको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वागत गरेको छ ।
राप्रपाले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरकार र राउतबीच भएको सम्झौतालाई सतर्कतासाथ स्वागत गरेको जनाएको छ ।

राउत र सरकारबीच शुक्रबार एक विशेष कार्यक्रममा ११ बुँदे सम्झौता भएको थियो ।

राप्रपाको विज्ञप्ति :

प्रेस विज्ञप्ति
विगत केही समयदेखि राष्ट्र विखण्डनको पक्षमा आवाज उठाउदै र गतिविधि गर्दै आएका सिके रावतद्वारा विखण्डनको एजेण्डा परित्यागको घोषणा गरिनु सकारात्मक छ । राष्ट्रिय अखण्डताको पक्षमा निरन्तर सशक्त आवाज उठाउँदै आएको राप्रपा यस घटनालाई सतर्कतासाथ स्वागत गर्दछ । बिखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधारको अन्त नभएसम्म एक समुहको निर्णयको अर्थ रहँदैन भन्ने हाम्रो मान्यता छ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology