सागर आलेले गाए चर्चित गीत ‘नैना’ (भिडियो)

काठमाडौँ। नेपाल आइडलको पहिलो  सिजनले लुकेको प्रतिभाहरूलाई स्थान दियो र स्थापित बनायो। साथै गुमनाम रहेका गायकलाई दर्शकमाझ चिनाउने महत्वपूर्ण योगदान दियो। नेपाल आइडलबाट चर्चामा आएको एउटा नाम हो सागर आले। जुनसुकै प्रकारको गीत गाउन सक्ने सागर आले नेपाल आइडलको टप ४ बाट बाहिरिएका हुन्।

यसैबीच उनले एउटा चर्चित गीतमा आफ्नो स्वर दिएका छन्। सागरले भारतीय गायक अरिजीत सिंहको स्वर रहेको चर्चित गीत ‘नैना’ गाएका हुन्। उक्त कभर गीतलाई सागरले बिहीबार सार्वजनिक गरेका हुन्।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology