बिहेपछि निकको घरमा प्रियंकामाथि भएको थियो दुव्र्यवहार, बिहेको ३ महिनापछि भयो खुलासा

काठमाडौं। २०१८ को अन्त्यमा प्रियंका चोपडा र निक जोनसले बिहे गरे । यो शाही बिहेको चर्चा संसारभर भएको थियो । अहिले यी दुईको बिहे भएको ३ महिना भइसकेको छ । बिहेको तीन महिनापछि यस्तो खुलासा भएको छ जबारे सुन्दा मानिसहरु छक्क परेका छन् । अहिले आएर प्रियंका बिहे गरेर निकको घरमा भित्रिएपछि उनीमाथि दुव्र्यवहार भएको खुलासा भएको छ । निकको परिवारकी एक सदस्यले सुरुवाती दिनमा प्रियंकामाथि दुव्र्यवहार गरेको खुलेको छ । यो कुराको खुलासा स्वयं जोनस दाजुभाइले एक अन्तरवार्ताको क्रममा गरेका हुन् ।

अन्तरवार्ताको क्रममा निकका दाजु केभिन जोनसले बताए कि उनकी छोरी भ्यालेन्टिनाले सुरुमा प्रियंकालाई पटक्कै रुचाउँदैनथिन् । भ्यालेन्टिना निकको निकै नजिक छिन् र उनको धेरै ख्याल गर्छिन् । यस्तोमा प्रियंका आफूभन्दा धेरै नजिक भएको देखेपछि उनले पटक पटक प्रियंकासँग दुव्र्यवहार पनि गरेकी थिइन् । यतिसम्म कि प्रियंकाले निकको काँधमा हात राख्दा पनि भ्यालेन्टिना रिसाउँथिन् । पछि भने उनले बुझ्न थालिन् कि प्रियंका पनि परिवारकै सदस्य हुन् । अहिले भने उनी प्रियंकासँग सहज भएकी छिन् ।

 

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology