बैंकको १४ हजार करोड ठग्ने निरव मोदीको भव्य महल बम पड्काएर भत्काइयो

मुम्बइ। महाराष्ट्रको रायगढ जिल्लाको अलिबागस्थित निरब मोदीको भव्य महललाई बम पड्काएर भत्काइएको छ । निरब मोदीले पंजाब नेशनल बैंकलाई १४ हजार करोड रुपैयाँ ठगेका थिए । रायगढका जिल्ला अधिकारी विजय सूर्यवंशीले भवन भत्काइएको जानकारी दिए । उनले भने ‘अलीबागमा समुद्र किनारमा बनेको निरब मोदीको बंगलालाई विष्फोट गरेर ध्वस्त बाइएको छ । यो भव्य महललाई जिल्ला कलेक्टरको निगरानीमा ध्वस्त पारिएको हो ।

यो भवनलाई ध्वस्त पार्ने कोसिस विगत १ हिनादेखि गरिएको थियो तर यो भवन यति बलियो थियो कि यसलाई बम पड्काएर ध्वस्त पार्नुपर्यो । निरबको यो बंगला ३३ हजार बर्गफिटमा बनेको थियो जसको लागत लगभग १०० करोड भएको बताइएको छ । प्रशासनका अनुसार यो बंगला अवैध तरिकाले बनेको थियो ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology