जनकपुरमा फ्री मधेशको नारा, राउतका नीजि सुरक्षा गार्ड

काठमाडौं । मुलधारको राजनीतिमा आएको भन्दै सरकारसँग ११ बुँदे सम्झौता गरेको पृथकतावादी अभियान चलाएको आरोपमा अदालती मुज्ञा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत आइतबार धनुषाको जनकपुर पुग्दा पृथकतावादी नाराहरु लागेका छन् । शु

क्रबार सरकार र राउतबीच ११ बुँदे सम्झौता भएको थियो । सो सम्झौतामाथि संसदमै गम्भीर प्रश्न उठेकै दिन आइतबार फ्री मधेशको नारा लगाइएको हो ।

राउत आइतबार जनकपुर विमानस्थलमा उत्रिँदा उनका समर्थकहरुले विमानस्थलदेखि जनकपुर बजार परिक्रर्मा गराएका थिए । उनका समर्थकहरु फ्री मधेश लेखेका ब्यानरसहित सहभागी भएका थिए । जनकपुरमा अर्को गम्भीर दृष्य देखियो आइतबार ।

त्यो हो राउतका नीजि सुरक्षा गार्ड ।  राज्य विखण्डनको अभियानमा रहेका राउतल सैन्य तयारीमा पनि रहेको थिएकी भन्ने आशंका उब्जिएको छ ।

शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको घोषणा गरे पनि स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर जनकपुरमा स्वागत गरेका छन् ।

‘फ्री मधेश’ लेखिएको ब्यानर र ज्याकेट लगाएर कार्यकर्ताहरु उनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए । सरकारसँग ११ बुँदे सहमति गर्दै विखण्डनकारी गतिविधि त्यागेको घोषणा गरे पनि त्यसको अवज्ञा गर्दै राउतका कार्यकर्ता स्वतन्त्र मधेसका लागि तयार पारिएको सामाग्री प्रयोग गरेका छन् ।

सरकारसँग भएको सम्झौताको ६ नम्बर बुँदामा स्वतन्त्र मधेस गठबन्धनका लागि तयार पारिएको पुराना सामाग्री प्रयोग नगर्ने उल्लेख छ ।

सहमतिको बुँदा नम्बर ६ मा भनिएको छ, ‘स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।’

यसअघि राउतले सरकार स्वतन्त्र मधेसको विषयमा जनमत संग्रह गर्न तयार भएको दाबी गरेका थिए । सम्झौताको २ नम्बर बुँदामा उल्लेख भएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट तराई मधेसमा देखिएको असन्तुष्टिलाई समाधान गरिने’ भन्नुको अर्थ जनमत संग्रह भएको उनले दाबी गर्दै आएका छन् ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology