‘सारेगामापा’मा नेपालका आयुषको धमाकेदार प्रस्तुती, हेर्नुस् कति अंक ल्याए

काठमाडौँ। भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।

यसैबीच आइतबार प्रसारित एपिसोडमा आयुष केसीले धमाकेदार प्रस्तुति दिएका छन् । देशभक्ति विशेष एपिसोडमा उनले ‘लक्ष्य’ फिल्मको चर्चित गीत “हाँ यही रस्ता हे तेरा” गाएका थिए जुन ओरिजिनल्ली शंकर महादेवनको आवाजमा रहेको छ ।

गत हप्ता र त्यसका अघिल्ला एपिसोडहरुमा पनि धेरै पटक १०० मा १०० % ल्याएका आयुषले यो एपिसोडमा भने १००% ल्याउन सकेनन् तर उनले ९७.३% ल्याएका छन् जुन कम नम्बर भने पक्कै होइन । उनले यो पटक पनि जजहरुको मा जित्न भो सफल नै भएका छन् ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology