भदौ ६ मा आउने भयो नम्रताको एक्सन सिनेमा ‘जाइरा’

अभिनेत्री नम्रता श्रेष्ठ पहिलो एक्सन सिनेमा ‘जाइरा’ले भदौ ६ लाई आफ्नो रिलिज मिति तोकेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमालाई रिलिज गर्न लागिएको निर्माण टिमले जनाएको छ ।

सिनेमाले एक महिलाले लिएको प्रतिशोधको कथा पेस गर्छ। ‘जाइरा’मा नम्रताका अलावा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यही सिनेमाबाट श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले डेब्यु गर्दैछन् । नम्रताले ‘जाइरा’का लागि लामो कपाल समेत काटेकी थिइन् । साथै, उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी पुर्याएकी थिइन् ।

नायिका श्रेष्ठले आफूले सिनेमाका लागि ६ महिना एक्सनको तालिम समेत लिएकी थिइन् । आशुतोष राज श्रेष्ठ सिनेमाका निर्देशक हुन्।

यस्तै ‘जाइरा’को कथा, पटकथा तथा संवाद भने निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर लेखेका हुन्

कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको प्रस्तुतकर्तामा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालि रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको सिनेमालाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । केशव थापाको नृत्य निर्देशन रहेको ‘जाइरा’मा राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व निर्देशन छ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology