रु एक करोड ८० लाख राजश्व सङ्कलन

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालू आर्थिक वर्षको सात महीनामा रु एक करोड ७९ लाख ९३ हजार राजश्व सङ्कलन गरेको छ । प्रशासन कार्यालय नुवाकोटले विभिन्न शीर्षकमा राजश्व सङ्कलन गर्दै आइरहेको छ ।

चालू आव २०७५/०७६ को माघसम्म राहदानी शुल्क दस्तुर मात्र रु एक करोड ६७ लाख ८५ हजार राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले बताए । उनका अनुसार चालू आवमा राहदानीबाहेक न्यायिक दण्ड जरिवाना र जफत दस्तुरमा रु दुई लाख ७००, हातहतियारको कागजपत्र दस्तुरमा रु एक हजार ८००, प्रशासनिक दण्ड जरिवाना र जफत दस्तुरमा रु आठ लाख १९ हजार, एजेन्सी रजिष्ट्रेशन दस्तुरमा रु एक लाख ८६ हजार ४०० सङ्कलन गरिएको छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology