यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको विशाल जीत

काठमाडौँ । यू–१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएकोमा नेपालले १३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

नेपालको लागि रित गौतमले नटआउट ३९, पवन सर्राफले १९ र आसिफ शेखले २६ रन बनाए । दोस्रो विकेट झरेपछि मैदानमा गएका कप्तान रोहित कुमार पौडेलले पहिलो बलमै छक्का हान्दै नेपालको जीत सुनिश्चित गरे ।

यसअघि मलेसियाको पूरा टिम ३३.५ ओभरमा ९२ रनमा समेटिएको थियो । लेजाट डेनियल फिक्रीले सर्वाधिक ३७ रन बनाए भने मुहमद आमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए । मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

मलेसियालाई सास्तैमा समेट्ने क्रममा नेपाली बलरले उत्कृष्ट बलिङ गरेका थिए । नेपाली बलर कुशल मल्ल र पवन सराफले ३–३ विकेट लिएका थिए । त्यस्तै कमलसिंह ऐरीले २ विकेट लिए भने सागर ढकालले एक विकेट लिएका थिए ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology