लोक गायक प्रचण्ड बहादुरको निधन

परासी । वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ।

केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ।

जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहेका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उहाँकै निवास बर्दघाट–२ चिसापानीमा आज श्रद्धाञ्जलिका लागि राखिने उहाँका ज्वाइँ शेरबहादुर आचार्यले बताए।

दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने र त्रिवेणीघाटमा दाहसंस्कार गरिने बताइएको छ।

बुढाथोकीका दुई श्रीमती, ६ छोरी र चार छोरा हुनुहुन्छ। नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक, कवि, लोकसाहित्यकार, व्याकरणकार एवं गीतकार बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पिता हुन्।

नेपाली मौलिक कला र साहित्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ । उनका एक दर्जन बढी गीत तथा कविता प्रकाशित छन्।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology