गर्भवती भएको हल्ला चलेपछि रिसाइन् दीपिका, दिइन् यस्तो जवाफ

बलिउड अभिनेत्री यतिबेला ‘छपाक’ सिनेमाको सुटिङ्मा व्यस्त रहेकी छन्।

उनी सुटिङमा व्यस्त रहँदै गर्दा उनका नीजि जीवनसँग सम्बन्धित एक हल्लाले दीपिकाको पारो तताएको छ। रणवीर सिंहसँग लगनगाँठो कसेदेखि दीपिका गर्भवती भएको हल्ला चलिरहेको छ।

पहिले पहिले दीपिका यसलाई फगत एक नचाँहिदो हल्ला भन्दै हाँसोमा उडाउने गर्थिन् तर यसपटक भने उनी रिसाएकी छन्।

उनी गर्भवती भएको हल्ला चलेपछि एक भारतीय संचारमाध्यमले यसबारेमा दीपिकासँग सोधेपछि उनी रिसाएकी हुन्। यसक्रममा उनले हल्ला गर्नेहरूको नराम्रो आलोचनासमेत गरिन्।

‘जब यो हुनेबेला हुन्छ, यो हुन्छ। हाम्रो समाजमा बिबाहपछि महिलामाथि बच्चा पाउनका लागि हमेशा दबाब दिइन्छ। महिलालाई यस्तो गर्नु गलत हो। उनीहरूलाई आफ्नि नीजि जीन्दगीको निर्णय गर्ने अधिकार उनीहरू स्वयंसँग हुनुपर्छ’, दीपिकाले भनिन्, ‘ जुन दिन हामी यस्ता नीजि प्रश्न सोध?न बन्द गर्छौं तबमात्र हामीले हामी र हाम्रो समाजमा परिवर्तन ल्याउन सक्छौं।’

त्यस्तै दीपिकाले आफूबारेको पछिल्लो हल्लामा हल्ला चलाउनेको साथमा पूरै समाजको दोष रहेको पनि बताइन्।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology