सिफारिस गरिएका न्यायाधीश र प्रमुख आयुक्तविरुद्ध परेका उजुरीमाथि सुनुवाइ वुधबार

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस ५ जना र निर्वाचन आयोगका प्रमुख आयुक्तविरुद्ध परेका उजुरी सम्बन्धमा सुनुवाइको मिति तय गरेको छ ।

सिंहदरवारमा मंगलबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाइ बुधबार गर्ने निर्णय गरेको छ ।

बैठकले थपलियाविरुद्ध उजुरी दिनेहरुसंग भने बुधबार विहान ११ बजे छलफलका लागि बोलाएको छ । थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ ।

उजुरीकर्तासँगको छलफलपछि थपलियासँग दिउँसो २ बजे छलफल गर्ने समितिले निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तात्कालिन सचिवसमेत रहेका थपलियाविरुद्ध परेका अधिकांश उजुरी समायोजनसँग सम्बन्धित रहेको संसद सचिवालयले जनाएको छ ।

समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध भने उजुरी परेको छैन ।

यता सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा ५ थान उजुरी दर्ता भएको छ ।

सुनुवाइ समितिले उनीहरूको सुनुवाइ भने बिहीबार गर्नेछ । न्याय परिषद्ले गत चैत्र १८ गते सर्वोच्चको न्यायाधीशमा हरि फुयाँल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो ।

ढुंगानाविरुद्ध २ र फुयाँलविरुद्ध एउटा उजुरी परेको छ । न्यायाधीश नियुक्ति प्रक्रियामा नै प्रश्न उठाउदै थप २ वटा उजुरी परेका छन्

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology