आईसीसीको नयाँ वरीयतामा नेपाल एक स्थान माथि

काठमाडौं । नेपालले आईसीसीको एक दिवसीय क्रिकेटको वरीयतामा सुधार गरेको छ । नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १४ औं  स्थानमा रहेको छ । टी–२० वरीयतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ।

गत माघमा युएई विरुद्धको तीन खेलको एक दिवसीय श्रृंखलामा २–१ को जित निकालेपछि नेपाल आईसीसीको वरीयतामा पर्दै आएको छ ।

आगामी मे ३० तारिखदेखि विश्वकपको आयोजना गर्ने आयोजक राष्ट्र इंगल्याण्ड वरीयताको शीर्ष स्थानमा छ । भारत दोस्रोमा भारत र न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology