जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्छः मन्त्री पण्डित

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताएका छन् ।

विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना (सामायिक भवन)को आज शिलान्याश गर्दै उनले जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार कार्य गरेमा मात्र समाजमा सकारात्क प्रभाव पर्ने र जनप्रतिनिधि पनि सफल हुने विचार व्यक्त गरे ।

मन्त्री पण्डितले पुरानो इतिहास बोकको विराटनगर शहरलाई जोगाउन सबै समुदायको सहयोग आवश्यक रहेको बताउँदै शहरमा आवश्यक पर्ने सम्पूर्ण सुविधाका विकास गरी काठमाडाँैपछि दोस्रो ठूलो शहर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक सद्भावसहित राजनीतिक सद्भाव भएमा मुलुकमा विकासले गतिलिने तथा जनता सुखी र समृद्ध हुने उल्लेख गर्दै उहाँले सामाजिक एकताबाट मुलुकमा समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मीले सम्पूर्ण जातजातिको भाषा, धर्म, संस्कृति र वेषभूषाको संरक्षणवाट मात्र मुलुकमा समृद्धि आउने बताए ।

कम्युनिटी सेन्टरका अध्यक्ष जावेद नवि इराकीको सभापतित्वमा सम्पन्न सो समारोहमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, उद्योग सङ्गठन मोरङका भीम घिमिरेलगायतले मुसाफिर खाना निर्माणबाट यस क्षेत्रका सम्पूर्ण समुदायलाई सहज भएको धारणा व्यक्त गरे।

रु दुई करोडमा खरीद गरिएको चार कठ्ठा जग्गामा २८ हजार स्क्वायर फिटमा पार्किङसहित पाँच तल्ले सो भवन निर्माणका लागि रु १८ करोड खर्च लाग्ने इञ्जिनीयर पवन झाले बताए ।

इस्लामिक संस्कृति झल्कने उक्त भवनमा नवाज पढ्ने (प्रार्थना हल), २५० जना अट्ने दुई सभाहल र ४५ कोठा रहने छ भने पार्किङमा ३० वटा चार पाङ्ग्रे सवारीसाधन र सय मोटरसाइकल राख्न सकिन्छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology