मङ्लबार, चैत्र ६, २०८० | Tuesday 19th March 2024

भागेर बिहे गरेका प्रेमी प्रेमिका १५ दिनपछि फर्के, गाउँलेले १ घण्टा कुखुरा बनाए (भिडियो)

  • प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६



  • काठमाडौं। केही ठाउँमा आज पनि प्रेमविवाह गर्ने युवा युवतीलाई दोषी मानिन्छ । त्यहाँको समाजले उनीहरुलाई विभिन्न किसिमको सजाय पनि दिने गर्छ । यस्तै एउटा रोचक भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा प्रेमी प्रेमिका कुखुरा बनेको देख्न सकिन्छ । यो भिडियो उत्तर प्रदेशको प्रतापगढको भएको बताइएको छ । उनीहरुलाई सजाय दिन गाउँलेहरुले उनीहरुलाई कुखुरा बन्ने उर्दी जारी गरेको हो ।

    यी दुईलाई गाउँलेको अगाडि १ घण्टासम्म कुखुरा बन्ने सजाय दिइयो । प्रेमिका ३ सन्तानकी आमा भएको बताइएको छ । उनी १५ दिनदेखि प्रेमीको साथमा फरार थिइन् । दुई दिन पहिले उनी फर्किन् तर परिवारले उनलाई अपनाउन अस्वीकार गरे । त्यसपछि पञ्चायत बोलाइयो । प्रधान पञ्चले त्यहाँ उनीहरुलाई कुखुरा बन्ने सजाय सुनाए । उनीहरुले पनि सजाय स्वीकार गरेपछि उनीहरुलाई गाउँलेको अगाडि घण्टा कुखरा बनाइयो । सजायपछि दुवैले आफूहरुले बिहे गरेको र सँगै बस्ने भनेपछि दुवैको परिवारले पनि अनुमति दिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology