मङ्लबार, चैत्र ६, २०८० | Tuesday 19th March 2024

नेकपाका ५३ जना नेतालाई दोहोरो जिम्मेवारी

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • काठमाडौं । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन्।

    केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन्। प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छनु । यस्तै विभिन्न तहका थप जनप्रतिनिनि केन्द्र र जिल्लाको भूमिका छन्।

    नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटिको अध्यक्ष र सचिवको जिम्मा दिएको छ। सात केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष भएका छन् भने ९ जना सचिव भएका छन्।

    नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ। यस्तै कतिपयको पदीय जिम्मेवारी त्यागेको छ।

    अन्नपूर्ण पोस्ट् दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology