Home » शिक्षा » विद्यालयमा नैतिक शिक्षाको प्रवचन

विद्यालयमा नैतिक शिक्षाको प्रवचन

मधु पौडेल, बाँके  जेष्ठ ३०

विद्यालय स्तरमा नैतिक शिक्षाको अभाव भैरहेको अवस्थामा आज बुधबार नेपालगंजको एक विद्यालयमा नैतिक शिक्षाको बारेमा प्रवचन दिइएको छ ।

नेपालगंजमा रहेको जय बागेश्वरी माध्यामिक विद्यालय कक्षा ९ र १० का करिब २०० विद्यार्थीहरुलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा जीवनमा नैतिक शिक्षाको महत्त्वको बारेमा विद्यालयको पा्रङ्गणमा बुधबार प्रवचन दिइएको हो ।

उक्त प्रवचनमा नैतिक मूल्य जीवनको अमुल्य नीति बारेमा विद्यार्थीहरुलाई आदर्श समाजमा नैतिक, सामाजिक मुल्य र आध्यात्मिक मूल्य बारेमा भारतको माउण्ट आवुबाट आउनु भएका ब्रह्माकुमार राजयोगी भगवान भाइले जानकारी दिएका थिए ।

विद्यार्थीहरुलाई कसरी शान्त रहने, रिसराग, व्रmोध र खराव संगतबाट बच्ने लगायतको ज्ञान सगै जीवनमा नैतिक शिक्षाले महत्त्व सहनशीलता, नम्रता, धैर्यता, शीतलता, शान्ति, भाइचारा, स्नेह आदि सद्गुणहरु प्राप्त हुने बताए ।

करिब एक घण्टा लामो प्रवचनमा उनले नैतिक शिक्षा संगै विद्यार्थीहरुलाई ध्यान गर्न सिकाए । उक्त कार्यक्रममा स्तानीय ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षक ब्र.कु.सन्ध्या, ब्र.कु सपना, ब्र.कु. कृष्ण लगायत शिक्षक शिक्षिकाहरुको समुपस्थितिमा राजयोग प्रशिक्षण केन्द्रकी बि.के. मुना बहिनीले अवगुण हाम्रा शत्रु हुन्, अवगुणहरु कै कारण मानव दानव बन्दछ, अवगुण हाम्रा शत्रु हुन्, अवगुणहरु कै कारण मानव दानव बन्दछ, बेइमानी चोरी झुठ, ब्यसन, नशा, व्रmोध देखि टाढा रहने सल्लाह दिए ।

उक्त कार्यक्रममा संस्थाका प्राचार्य विद्या मान राजभण्डारीले नैतिक मूल्य र शिक्षाबाट नै संसार वा समाज चल्दछ त्यसै कारणले यो कार्यक्रमको आयोजना गरिएको र यसले गर्दा विद्यार्थीहरुमा नैतिकताको विकास हुनुका साथै अनुशासित हुनमा टेवा पु¥याउने बताए ।

प्रकाशित भएको मिति:: ३० जेष्ठ २०७५, बुधबार २०:५६| 180 views

About Nilam Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*