Home » शिक्षा » छोराछोरीलाई विद्यालय नपठाए सरकारी सेवा सुविधा रोकिने

छोराछोरीलाई विद्यालय नपठाए सरकारी सेवा सुविधा रोकिने

मधु पौडेल , बाँके । आफ्ना छोराछारीहरुलाई विद्यालय नपठाए स्थानिय वडा कार्यालयबाट प्रदान हुने सबै सेवा सुविधा रोकिने एक कार्यक्रममा बताइएको छ ।

नेपालगंज नगरपालिका वडा १२ स्थिति वागेश्वरी आधारभुत विद्यालय सम्पन्न शिक्षा संवाद कार्यक्रममा उक्त कुराको उद्घोष गरीएको हो ।
खास गरी नेपालमा अल्पसंख्यत चिडिमार जातिका बालबालिकहरुको बाहुल्यता रहेको उक्त विद्यालयमा सिकाई उपलब्धी राम्रो हुन नसकेको सवाल उठिरहदाँ विद्यालय नपठाउने अभिभावकहरुको लागि यस्तो प्रकारको योजना तथा निति ल्याउने पर्ने आवश्यकता रहेको वडा १२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीले यस्तो कुरा वताएका हुन ।

नियमित बालबालिकहरुको विद्यालय उपस्थिति नरहदाँ शिक्षा प्रदान गरी सिकाई उपलब्ध बढाउन नसकिरहको र अभिभावकहरु आफ्ना छोराछोरीहरुलाई विद्यालय पठाउनुको साटो अन्य काम लगाउने गरेको पाइएको कार्यक्रममा उपस्थित सहभागिहरुले बताए ।

हामी सबैको इच्छा निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षा भन्ने नाराका साथ विद्यार्थी नियमितता तथा गुणस्तरीय शिक्षाका लागि गरीएको शिक्षा संवाद कार्यक्रममा शिक्षक विद्यार्थी र सारोकारवालाहरुले आ–आफ्नो भनाईहरु राखेका थिए । मुख्य सरोकारवालको रुपमा रहेका वडा का अध्यक्ष सुवेदी, वडा सदस्यहरु दिनेश राज पन्त,तरुण वजाचार्य,फुलमती लोहार चन्द्र चिडिमार, वागेश्वरी आधारभुत विद्यालयका प्रधानध्यापक शरिता खड्का,वडा शिक्षा समितिका सदस्य जनकराम भण्डारी ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना वर्मा,वडा स्तरीय बाल क्लवका अध्यष विजेता पौडेल,सेभ द चिल्ड्रनका आत्म राम भट्राई लगाएतले बोलेका थिए ।

संवाद कार्यक्रममा विभिन्न प्रतिवद्धताहरु कार्यन्वयन गर्ने सहमतिका साथ हस्ताक्षर पनि गरीएको छ जसमा मासिक रुपमा बालबालिको सिकाई उपलब्धी मापन अभिलेखिकरण गर्ने ,प्रत्येक २-२ महिनामा अभिभावक संग निरन्तर छलफल तथा अन्र्तरक्रिया गर्ने ,वडा शिक्षा समिति तथा विद्यालय व्यवस्थापन समिति मार्फत विद्यालय अनुगमन गरी पृष्ठपोषण प्रदान गर्ने,शिक्षकहरु कक्षा कोठामा जानु अघि पाठ योजना तथा विद्यार्थी नियमितताका लाई विद्यालय व्यवस्थापन समिति ,वडा शिक्षा समिति मार्फत घरदैलो अभियान संचालन गर्ने, र अभिभावकले आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउने र घरमा पनि पढ्ने वातारवरणको सृजना गर्ने जस्ता प्रतिवद्धताहरु रहेको युनेस्को क्लव अन्र्तगत सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष वर्माले बताए ।

बागेश्वरी आधारभुत विद्यालय नेपालगंजको आयोजनामा भएको कार्यक्रमको सहयोग तथा सहकार्य सेभ द चिल्ड्रन ,बाके युनेस्को क्लव, तथा नेपालगंज उपमहानगरपालिका वडा न १२ को रहको थियो कार्यक्रमको सञ्चालन पत्रकार राकेश कुमार मिश्राले गरेको बाके युनेस्को क्लवका फिल्ड सुपरभाइजर ईश्वर विकले बताए ।

प्रकाशित भएको मिति:: ३१ जेष्ठ २०७५, बिहीबार १२:३३| 128 views

About Nilam Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*