Home » समाज » क्षेत्रीय होटल संघमा श्रेष्ठ

क्षेत्रीय होटल संघमा श्रेष्ठ

बनेपा, ३१ जेठ (रासस) – क्षेत्रीय होटल संघ, धुलिखेलको नेतृत्वमा धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकजु श्रेष्ठ चयन हुनुभएको छ ।

संघको आज धुलिखेलमा भएको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा होटेल होराइजनका सञ्चालक किरणप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भोला थापा, सचिवमा जोसन सैँजु र कोषाध्यक्षमा विकास भिनानु चयन गरेको छ भने सदस्य पछि नियुक्त गर्ने बताइएको छ ।

धुलिखेललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि वाइफाइ शहरका रुपमा परिणत गरिने र पर्यटन बस सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रकाशित भएको मिति:: ३१ जेष्ठ २०७५, बिहीबार २२:०३| 44 views

About Nilam Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*