Home » समाज » कोईलावासमा बिकास योजनाहरुको अनुगमन

कोईलावासमा बिकास योजनाहरुको अनुगमन

शिबराज पन्थी, ३१ जेठ, गढवा । गढवा गाउँपालिकाको एक टोलिले बिहिवार यस आर्थिक बर्षमा वडा नं. ८ कोईलाबासका सबै गाउँहरुमा भएका बिकास योजनाहरुको अनुगमन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीको नेतृत्वमा ईन्जीनियर सुयैबहादुर रावत, सव–ईन्जीनियरहरु लिलाधर गिरि तथा मदन जि.सी, वडा नं. ८ का अध्यक्ष सद्दाम सिद्दिकी, कर्मचारी रामनरेश यादव र पत्रकार समेतको टोलिले बिकास योजनाहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा आठ लाखको लागतमा कोईलाबास देखि खबरीनाका सम्म तथा ९ लाखको लागतमा कोईलाबास देखि मुसीनाका सम्मको सडकको टे«याक खोलिएको, मुसी नाकामा ४ लाख ५० हजारको लागतमा बोक्सरे खोलाबाट ल्याईएको खानेपानी संकलन गर्न पक्की टैंकी निर्माण गरिएको, घङराल नाकामा १ लाख ५० हजारमा सिंचाई कुलो निर्माण गरिएको, ४० घरधुरी रहेको डाँडागाउँमा १०३ मिटर पक्की नाली सहित गाउँभरमा सडक विस्तारको १० लाखको योजना तथा कोईलाबास खोलामा जाने ४ वटा भरेङ निर्माण ४ लाख र कोईलाबास बजारमा बाढी नियन्त्रण गरी कटान रोक्न १० लाखको लागतमा बनाईएका ८८ थान तारजाली स्पर निर्माण, खबरीनाका कुलो सिंचाई तथा ड्याम निर्माण ६ लाख, लगायतका योजनाहरुको अनुगमन गरिएको उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिनुभयो । यसैगरी फूटकर योजनाहरुमा डाडाँगाउँमा बिद्युत्त विस्तार ४ लाख, हनुमानगढी मन्दीर रंगरोगन ५० हजार, सिमा प्रहरी चौकी तथा कोईलाबासको मुलगेट रंगरोगन र चर्पि निर्माण २ लाख ५० हजार, बिभिन्न गाउँमा सोलार जोड्न नसकेका उपभोक्ताका घरमा सोलार जडान २ लाख ५० हजार, सिसौरा गाउँमा खानेपानी टैंकी निर्माण, पाईपलाईन विस्तार र पम्पसेट खरिदमा ९० हजार, महिला वालवालिका भवनको १ कोठा थप संगै पलस्तर २३ लाख, तथा शवदाहस्थलमा प्रतिक्षलय निर्माणमा लगानी भएको ३ लाख, विद्यालयको १ कोठा भवन निर्माण र बिपन्न बर्गलाई बाख्रा वितरण १ लाख ५० हजार लगायतका योजनाहरु नियम संगत ढंगले सम्पन्न भएको अनुगमनको क्रममा पाईएको ईन्जिनियर सुर्यबहादुर रावतले जानकारी दिनुभयो ।
खानेपानीको हाहाँकार भएको कोईलाबासमा अब पनिको लागि गढवा गाउँपालिकाको सिमाक्षेत्र बिकास कार्यक्रम अन्र्तगत ३० लाखको लागतमा डिप बोरिङहरु गाड्ने तयारीका साथ सामानहरु आईसकेको उपाध्यक्ष शान्ती चौधरीले बताउनु भयो । कोईलाबास खोलामा रहेका ढुङ्गाको ठेक्का पछि उत्खनन् हुदा तथा कोईलाबास खोलामा भारतले बनाएको चेक ड्याम खोलाले बगाएपछि खोलाको सतह गहिरिएर अहिले भरेङ बनाउनु पर्ने स्थिति आएको स्थानीय ८० बर्षिय नागरिक अनिसुल रहमा सिद्दीकीले बताउनु भयो । कोईलाबास खोलाको पुल समेत उच्च जोखिममा रहेकोले पुलको दक्षिण तर्फ र खोलाको दुवैभागमा जोखिमपुर्ण स्थानहरुमा १९ लाखको लागतमा चेकड्याम निर्माण र तारजाली तटबन्धनका लागि प्रतिमा निर्माण सेवा प्रा.ली. ले ठेक्का टेण्डर पाई सकेको र यसैबर्षदेखि कामसुरु हुने गढवा गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित भएको मिति:: ३१ जेष्ठ २०७५, बिहीबार २२:०६| 39 views

About Nilam Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*