Home » समाज » चोरीका गहना र नगदसहित तीन पक्राउ

चोरीका गहना र नगदसहित तीन पक्राउ

काठमाडौँ, ९ असार (रासस) – महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन् ।

यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको रु चार लाख ९३ हजार ७०० बराबरको गहना र नगदसहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको परिसरले जनाएको छ ।

पुनको डेराबाट हराएको झण्डै सात तोला सुन र नगद खनाल र खरेलले तामाङको पसलमा बिक्रीवितरण गरेपछि प्रहरीले चोरीमा संलग्न दुई जना र पसल सञ्चालक गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेका तीनैजनालाई चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भन्नुभयो ।

प्रकाशित भएको मिति:: ९ असार २०७५, शनिबार १४:५०| 128 views

About Nilam Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*