Space for Ads 1200px * 150px

काभ्रेमा जिप दुर्घटना, डीआइजी भण्डारीसहित तीनजनाको मृत्यु, तीन घाइते

news

अपडेटः

काभ्रे, कात्तिक १० । काभ्रेको मन्डनदेउपुर नगरपालिका–६, ढकालथोकमा शनिबार एक जिप दुर्घटना हुँदा नेपाल प्रहरीका डीआइजीसहित तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

बा३च २८७ नम्बरको जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नेपाल प्रहरीका डीआइजी सुशीलकुमार भण्डारी, मन्डनदेउपुर–४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की रहेको स्थानीय वडाध्यक्ष नेत्रप्रसाद ढकालले जानकारी दिए ।

मृतक पराजुली स्थानीय सन्चारकर्मी हुन् भने कार्की प्रदेश नम्बर–३ का ट्रेड युनियन कांग्रेसका अध्यक्ष हुन् ।

डीआइजी भण्डारीको उपचारकाक्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका पूर्वएआइजी किरण गौतमसहित अरु दुईजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार यात्रीहरु मन्डनदेउपुरस्थित ढुंगाखानी निरीक्षण गर्न गएका थिए ।

दुर्घटनाग्रस्त जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology