Space for Ads 1200px * 150px

हेलिकप्टरबाट सुत्केरीको उद्धार

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो।

बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology