Space for Ads 1200px * 150px

लट्टेले निरूतालाई किस गर्छु भनेपछि…(भिडियो)

काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ हरेक सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ। कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल (घरबेटी), राजेन्द्र नेपाली (लट्टे), उमेश राई (फुलन्देकी आमा) लगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ।

उक्त कार्यक्रमको आगामी एपिसोडमा नायक दिलिप रायमाझी र नायिका निरूता सिंह अतिथि बनेर आउंदैछन्। नेपाली चलचित्र ‘दर्पण छायाँ’ प्रदर्शन भएको दशकौँ बितिसक्यो  तर दर्शकको मानसपटलमा भने यो चलचित्र ताजा नै छ। यस चलचित्रमा मुख्य भूमिकामा देखिएका निरूता सिंह र दिलिप रायमाझीको जोडीलाई पनि दर्शकले भुल्न सकेका छैनन्। नेपाल बाहिर भएका यी दुई कलाकार अहिले नेपाल आएका छन्। यहिँ मौकामा उनीहरु ‘मुन्द्रेको कमेडी क्लब’मा आए।  हेर्नुस् ‘मुन्द्रेको कमेडी क्लब’को यो प्रोमो।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology