Space for Ads 1200px * 150px

पैसाको लागि आमाले ४ वर्षको छोरासँग गरिन् यस्तो काम, सुन्दा पनि झट्का लाग्छ

किभ। युक्रेनमा एक आमाले पैसाको लागि यस्तो काम गरेकी छिन् कि अरु कुनै आमाले त्यस्तो गर्लान् भनेर सोच्नु त टाढाको कुरा यही घटनाको पनि विश्वास लाग्दैन । तर, घटना सत्य हो । ती आमाले पैसाको लागि आफ्नै ४ वर्षको छोराको यौन शोषण गरिन् र भिडियो बनाएर पैसाको लागि बेचिदिइन् ।

२६ वर्षकी ती महिला विगत केही समयदेखि आफ्नो छोरासँग अश्लील क्रियाकलाप गर्द भिडियो बनाएर बेचिरहेकी थिइन् । महिलाले एक भिडियोलाई ३ हजार युक्रेनी रिभ्निया (१२ हजार ३४१नेपाली रुपैयाँ) मा बेच्थिन् । साइबर पुलिसले उनको घरमा छापा मारेर उनलाई पक्राउ गरेको हो । महिलाको कम्प्युटरबाट बच्चासँग बनाइएका आपत्तिजनक भिडियो पनि बरामद भएका छन् । बच्चाको हेरचाह अहिले पुलिसले गरिरहेको छ । छिटै उनलाई अनाथालय पठाइनेछ ।

पुलिस रिपोर्टका अनुसार महिलाले आफ्नो बच्चासँग ३० भिडियो बनाएकी छिन् । यसबाट उनले करिब ९० हजार रिभ्निया कमाइ गरिन् । यसअघि पनि महिला पैसाको लागि एडल्ट फिल्ममा काम गर्थिन् । सोधपुछका क्रममा महिलाले पुलिससँग सबै आरोप स्वीकार गरेकी छिन् । महिलाका अनुसार भिडियो किन्ने व्यक्तिले उनलाई इमेलमार्फत सम्पर्क गरेका थिए ।

ती व्यक्तिले महिलालाई यस्ता बच्चाको खोजी गर्न भनेका थिए जो अभिभावकबाट टाढा बसेका होउन् र पैसाको लागि अश्लिल भिडियोमा काम गर्न सकुन् । जब महिलालाई आफ्नो छोरासँग यो काम गर्न भनियो उनी तयार भइन् । अहिले पुलिसले महिलाको कम्प्युटर जफत गरेर जाँच गरिरहेको छ । दोषी ठहर भएमा महिलालाई १० वर्षको जेल सजाय हुन सक्छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology