आईपीएल खेल्नका लागि सन्दीप बुधबार दिल्ली जादैँ

काठमाडौँ। नेपाली राष्टिय क्रिकेट टोलीका लेग स्पिनर इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न दिल्ली जाने भएका छन् । भारतमा २३ मार्च देखी सुरु हुने आईपीएल प्रतियोगिताका लागि सन्दीप बुधबार बिहान दिल्ली जाने म्यानेजर रमन सिवाकोटीले बताए।

सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिलो खेल २४ मार्चमा मुम्बई ईन्डियन्ससँग खेल्नेछ । जसका लागि दिल्लीको टिमले क्याम्प सुरू गरिसकेको छ । केही दिन पहिला सन्दीप पाकिस्तान सुपर लिग खेलेर नेपाल फर्किएका थिए। दिल्ली जानु अघि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले आफ्नो टोली बलियो रहेको र टोलीबाट उपाधि जित्ने लक्ष्य रहेको बताए ।

‘हामीले व्यक्तिगत प्रदर्शन राम्रो गर्नु पर्छ नै । तर, खुसी लागेको छ कि हाम्रो टिम निकै राम्रो बनेको छ ।  यो सिजन हामीले उपाधि जित्ने छौं । मेरो विचारमा यो पटक हामीले जित्ने मौका छ’ सन्दीपले भने । सन्दिपले गत वर्ष दिल्लीबाट खेल्दा ३ खेलमा ५ विकेट लिएका थिए । त्यसपछि उनी एकपछि अर्को विदेशी फेन्चाईज लिगमा ब्यस्त बनेका थिए ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology