Space for Ads 1200px * 150px

फिल्म सूर्यवंशीमा यस्तो रुपमा देखिए अक्षयकुमार

एजेन्सी। अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’को फर्स्टलुक सार्वजनिक भएको छ।  रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्मको फस्र्ट लुकसँगै रिलिज मिति पनि सार्वजनिक गरिएको हो। फिल्म २०२०को इदको अवसरका रिलिज हुने बताइएको छ।

अभिनेता अक्षय कुमारले आफैँ सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले फिल्मको पोस्टर सार्वजनिक गरेका छन्। अक्षयकुमारको शीर्ष भूमिका रहेको फिल्ममा उनी वीर सूर्यवंशीको भूमिकामा छन्। करण जोहर निर्माता रहेको यो फिल्मको सुटिङ गोवाबाट सुरु भएको छ।

रोहितले फिल्म ‘सिम्बा’को सुटिङकै क्रममा यो फिल्मको घोषण गरेका थिए। सिम्बा २०१८ को सुपरहित फिल्म हो। यो फिल्ममा अक्षयकुमार अतिथि भूमिकामा थिए।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology