कल्पनै गर्न नसक्नेगरी घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । यो साता निरन्तर ओरालो लागेको सुनको मुल्य आज पनि ५ सय रुपैयाँले घटेको छ। हिजो बुधबार ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ६० हजार २ सय रुपैयाँमा झरेको हो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लोगेको छ। आज तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तेजावी सुनको मुल्य ६० हजार ४ सय रुपैयाँमा रहेको थियो ।

सुनको मुल्य घटेसँगै आज चाँदीको मूल्य पनि आरोलो लागेको छ। आज चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology