सत्यराज आचार्यको स्वरमा नयाँ प्रेम गीत ‘धेरै चोटी आफैसँग…’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । चर्चित गायक सत्यराज आचार्यको स्वरमा रहेको नयाँ प्रेम गीत “धेरै चोटी आफैसँग” युट्युब मार्फत सार्वजनिक भएको छ। गीतलाई मार्च १ तारिखका दिन चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा महेशबाबु तिमल्सिनाको शब्द रहेको छ। संगीत चक्रपाणि तिमल्सिनाले भरेका छन्। गीतमा संगीत संयोजन भने राजु खड्काको रहेको छ। डिजिटल काठमाडौँ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वाङ् हुन्।

ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङले गरेका छन्। गीतको लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ। भिडियो छायाँङ्कन र सम्पादन किशोर खनालले गरेका छन्। भिडियोमा जीवन भट्टराई र श्रद्धा प्रसाईको अभिनय रहेको छ।

भिडियो :

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology