Space for Ads 1200px * 150px

राँचीमा आफ्नो नामबाट बनाइएको पभेलियन उद्घाटन गर्न धोनीले गरे अस्वीकार

राँची। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले आफ्नो गृहनगर राँचीको क्रिकेट स्टेडियममा आफ्नो नामबाट बनाइएको पभेलियन उद्घाटन गर्न अस्वीकार गरेका छन् । धोनीको सम्मानस्वरुप यहाँको क्रिकेट स्टेडियममा उनको नामबाट पभेलियन निर्माण गरिएको थियो र यसको उद्घाटन गर्न धोनीलाई भनिएको थियो । धोनीले भने स्टेडियम उद्घाटन गर्न अस्वीकार गर्दै भने ‘आफ्नै घरमा के उद्घाटन गर्नू ?’

राँची धोनीको गृहनगर हो र यहाँ भारत र अस्ट्रेलियाबीच जारी वन डे सिरिजको तेस्रो वन डे हुँदैछ । यसैको लागि भारतीय टिमका साथमा धोनी गृहनगर पुगेका छन् । राँचीको झारखण्ड राज्य क्रिकेट संघ स्टेडियमको पभेलियन स्ट्याण्डको नाम ‘धोनी’ राखिएको छ । चर्चित क्रिकेटरको नाममा यसरी पभेलियन वा गेटको नाम राखिने यो चलन पुरानो हो । मुम्बइको वानखेडे स्टेडियममा सचिन तेन्दुलकर र सुनिल गावास्करको नाममा पभेलियन छ । दिल्लीको फिरोजशाह कोटलामा वीरेन्द्र सहवागको नाममा गेट छ । वेष्ट इण्डिजका पूर्व कप्तान डरेन सामीको नाममा त सेन्ट लुसियामा क्रिकेट स्टेडियम नै छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology