Space for Ads 1200px * 150px

आतंकवादी संगठन आइएसबाट बचेर भागेका महिलाहरु प्रतिरोधको लागि गर्दैछन् तयारी

बगदाद। ५ वर्ष पहिले इराक र सिरियामा आतंकवादी संगठन आइएसको बढ्दो प्रभावका बीच त्यहाँ बस्ने यजिदी समुदायका मानिसहरुलाई ठूलो संख्यामा मरिँदै थियो । यसका साथै आतंकवादीहरु यजिदी महिलाहरुलाई अपहरण गरेर उनीहरुलाई बलात्कार गर्थे । यही क्रममा पूर्वी इराकमा रवांगाको एक शरणार्थी शिविर उनीहरुको अन्तिम आशा बन्यो । ब्रिटिश संस्थानको तर्फबाट चल्ने यो शिविरमा अहिले पनि महिलाहरुलाई बक्सिङ सिकाएर आतंकवादीको प्रतिरोधको लागि मजबुत बनाइँदैछ ।

शिविरमा १२ महिलाहरुको एक समूह केही महिनादेखि शारीरिक र मानसिक रुपले मजबुती हासिल गर्नको लागि बक्सिङ सिकिरहेका छन् । अहिले यो समूहलाई एक पुरुष प्रशिक्षक बक्सिङ सिकाउँदैछन् । यी १२ महिलाको प्रशिक्षण पूरा भएपछि उनीहरु बाँकी महिलाहरुलाई बक्सिङ सिकाउनेछन् । यो शिविरमा बक्सिङ सिकिरहेकी हुस्ना त्यतिबेला मात्रै १२ वर्षकी थिइन् जतिबेला आतंकवादीले उनको गाउँ सिंजरमा हमला गरेका थिए । आतंकवादी आएको खबर पाउनासाथ उनी र उनका परिवार रातदिन भागिरहे । त्यसपछि उनहिरुले रवांगाको यो शिविर भेटे, जहाँ त्यतिबेला आतंकबाट पीडित करिब १५ हजार यजिदी शरणको लागि जम्मा भएका थिए ।

शिविरमा बक्सिङ सिकाउने संस्थान लोटस फ्लावरका प्रबन्धक वियान अहमदका अनुसार अहिले १२ महिलाहरुलाई प्रशिक्षण दिइँदैछ । अर्को कोर्सको लागि भने ४० महिलाले नाम दर्ता गराइसकेका छन् । यो कार्यक्रमको लोकप्रियता निकै तीव्र रुपमा पूरै शिविरमा फैलिइरहेको छ । हुस्ना यो शिविरमा बक्सिङ सिक्ने पहिलो महिला थिइन् । उनका अनुसार बाँकी महिलाहरुसँग बक्सिङ सिकेर उनी परिवार जस्तै महसुस गरिरहेकी छिन् ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology