मन्त्री अधिकारीसहित सातै जनाका परिवारलाई आर्थिक सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको साझा संकल्पमा इमान्दारिताका साथ लागेका मन्त्री अधिकारीसहित हेलिप्कटर दुर्घटनामा परी निधन भएका सातै जनाको परिवारको अवस्थाबारे अध्ययन भइरहेको उल्लेख गर्दै छिट्टै आवश्यक आर्थिक सहायता उपलब्ध गराउने बताए।

बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम बोल्दै उनले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र समृद्धिको अभियानमा इमान्दार प्रयास गरेका मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालगायतको निधनबाट सिंगो मुलुक मर्माहत भएको उल्लेख गर्दै उनीहरूले अघि बढाएका राष्ट्र निर्माणको बाँकी कामलाई बाँचेकाहरूले पूरा गर्नुपर्ने पनि स्पष्ट पारे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रीको रूपमा एक वर्षमा कसैले पनि उपेक्षा गर्न नसक्नेगरी असाधारण काम गरेको स्मरण गराए।

उनले नेपालको पर्यटन, संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा रवीन्द्र अधिकारीले मन्त्रीको रूपमा निर्वाह गरेका भूमिका अविष्मरणीय रहिरहने बताए।

प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री अधिकारीलाई नेपालको कम्युनिष्ट आन्दोलनको अभियन्ता र ६ दशक लामो नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धाको रूपमा चित्रण गरे।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology