यस्तो छ सिनियर डिभिजन इन्जिनियर गिरीको भ्रष्टाचार कथा, अख्तियारद्वारा विशेषमा मुद्दा

काठमाडौं । जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजन इन्जिनियर लालु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भोजपुरमा सडक निर्माण गर्दा १८ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा बिहिबार मुद्दा दायर गरेको हो।

गिरीलाई बिगो बमोजिम अशुल उपर गरी कानुन अनुसार कारबाही माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो। उनले एक सडक परियोजनाबाट करिब १८ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।

उनले सडक निर्माण गर्ने निर्माण व्यवसायीसँग रनिंग बिल बनाउ शुरु गरेपछि पैसा असुली पनि शुरु गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

अख्तियरको विज्ञप्तिः

प्रेस विज्ञप्ति– मिति २०७५।११।२३ गते

आरोप–पत्र दायर गरिएको

तत्कालीन जिल्ला प्राविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरका तत्कालीन सि.डि.ई. (उप–सचिव) लालु गिरीले भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको लागि पेश्की तथा रनिङ्ग विल भुक्तानीको लागि पटक पटक रकम माग गरी रकम खातामा जम्मा गर्न तथा नगदै लिएको समेत गरी रू.१८,५०,०००।– (अठार लाख पचास हजार) घुस रिसवत लिएको भन्ने समेत व्यहोराको उजुरी

सम्बन्धमा अनुसन्धान हुँदा निज सि.डि.ई. लालु गिरीले तत्कालीन जिल्ला प्रविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरमा प्रमुख जिल्ला ईन्जिनियर पदमा कार्यरत रँहदा भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको लागि पेश्की तथा रनिङ्ग विल

भुक्तानीबापत एम.के./वाई.पी.जे.भी.का प्रतिनिधीसँग पटक पटक रकम माग गरी बैङ्क खाता मार्फत तथा नगदै समेत गरी जम्मा रू.१८,५०,०००।– (अठार लाख पचास हजार) घुस रकम लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो रू.१८,५०,०००।– (अठार लाख पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology