Space for Ads 1200px * 150px

महिला साफ च्याम्पियन्सका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय महिला टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक हरी खड्काले साफ च्याम्पिनसिप खेल्ने २० सदस्यीय महिला फुटबल टिमको अन्तिम छनोट गरेका छन् ।

बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट मुख्य प्रशिक्षक खड्काले २० खेलाडीको छनोट गरेका हुन् । प्रमुख प्रशिक्षक खड्काले पुर्व कप्तान अनु लामालाई टिम बाहिर राखेका छन् । अनुसँगै सुनिता चौधरी र विमला चौधरी टिमबाट बाहिरिएका छन् ।

राष्ट्रिय यु–१९ का ६ खेलाडी अटाएका छन् । जसमा रेखा पौडेल, सरु लिम्बु, मञ्जलीकुमारी योञ्जन, पुजा राना, उषा नाथ र अन्जना रानामगर रहेका छन् ।

प्रतियोगिता फागुन २८ गते विराटनगरको सहिद रंगशालामा सुरु हुदैछ । उद्घाटन खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।

२० सदस्यीय महिला टिमको नामावलीः

गोलकिपरः एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ ।

डिफेन्डरः हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्वु ।

मिडफिल्डरः अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी ।

स्ट्राइकरः रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology