Space for Ads 1200px * 150px

विश्व कै ठूलो पर्यटन मेला बर्लिनद्वारा बर्दिया पुरस्कृत

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जले विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा सय दीगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासेफिक क्षेत्रबाट दीगो गन्तब्यका रुपमा पुरस्कृत भएको छ।

मेला कै अवसरमा २०७५ फागुन २२ मा आयोजित एक भव्य समारोहका बीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक र ग्रीन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन्।

डा. अल्बर्ट सल्मान प्रमुख रहेका यस सय दीगो पर्यटन गन्तव्यहरुको छनोट प्रक्रियामा विशेषत दीगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो।

यस पुरस्कारसँगै नेपाल ग्रीन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ। दीगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु आफैंमा गौरवको कुरा हो।

नेपालले विशेषत दीगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दिया लगायतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो बृद्धिका कारणहरु नै बर्दियालाई यो सम्मान प्रदान गरिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जको यही विशेषताहरुको जानकारी विश्यब्यापी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने प्रमुख कार्यकारी दीपकराज जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गरेका थिए।

उक्त सम्मान समारोहमा बोल्दै जोशीले बर्दिया विशिष्ट दीगो गन्तब्य भएको बताए। र सहकार्य गर्ने सबै संस्था विशेषत डब्लु डब्लु एफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, इको टुरिज्म सोसाइटी बर्दियालगायत स्थानीयहरुलाई धन्यवाद दिए।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology