Space for Ads 1200px * 150px

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन: मुख्यमन्त्री राई

भद्रपुर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताएका छन्।

नेपाल मानव धर्म सेवा समितिद्वारा झापाको मेचीनगरमा बिहीबार शुरु भएको विराट सत्सङ्ग समारोहको उद्घाटन अवसरमा उनले नेपाली जनमत एक ढिक्का भएका कारण मुलुकको सार्वभौमसत्ता, अखण्डता र धार्मिक सद्भाव जोगिएको बताए।

भारत उत्तराखण्ड राज्यका पर्यटन मन्त्री सतपाल महाराजले आर्शिवाद दिँदै नेपाल धर्म र ज्ञानको भण्डार भएको हुँदा विश्वभरिको ध्यान नेपालतिर आकर्षित भएको बताए। उनले धर्मका नाममा जातीय विभेद अस्वीकार्य हुने र सबै मानव समान भएको धारणा व्यक्त गरे। उनले महाकाली नदीमा पञ्चेश्वर परियोजना बनेपछि नेपालको झुपडी झुपडीको अन्धकार हट्ने र अयोध्यादेखि जनकपुर जोड्ने रेलमार्ग बनेपछि धार्मिक एवम् पर्यटकीय सम्बन्धले फड्को मार्ने बताए।

मेचीनगर नगरपालिका–८ धुलावारीस्थित श्रद्धेय आश्रममा शुक्रबारसम्म सञ्चालन हुने सत्सङ कार्यक्रममा नेपाल, भारत र भूटानका करीब एक लाख भक्तजन सहभागी रहेको आयोजक समितिका सहसंयोजक सागर कटुवालले जानकारी दिए।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology