Space for Ads 1200px * 150px

फेरि अर्जेन्टिनाको जर्सीमा देखिनेछन् मेस्सी

एजेन्सी । सन् २०१८ मा रसियामा भएको विश्वकपपछि लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा परेका छैनन्। त्यसयता अर्जेन्टिनाले विभिन्न देशसँग मैत्रीपूर्ण खेल खेलेपनि मेसी टिममा परेका थिएनन्।

रसिया विश्वकपमा अर्जेन्टिनाको कप्तानी मेसीले नै गरेका थिए। तर अर्जेन्टिना प्रिक्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो।

२०१४ को विश्वकप र त्यसपछि कोपा अमेरिकाकाको फाइनल पुगेर पनि उपाधि जित्न बन्चित भएपछि मेसीले २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नै घोषणा गरे। पछि मेस्सीले सन्यास फिर्ता लिए र २०१८ को विश्वकप खेले।

विश्वकपमा पनि अन्तिम १६ बाटै यात्रा समाप्त भएपछि मेस्सीले अब अर्जेन्टिनाका लागि खेल्छन् कि खेल्दैनन् भन्ने सबैको चासो समेत रहेको थियो।

तर प्रशिक्षक लियोनल स्कोलानीले अर्जेन्टिनाको आगामी मैत्रीपूर्ण खेलको लागि घोषणा गरेको टोलीमा मेस्सीको नाम पनि अटाएको छ। जसले गर्दा अब मेस्सीले अर्जेन्टिनाको लागि फेरि खेलेको देख्न पाउने सम्भावना छ।

स्कोलानीले लियोनल मेस्सीलाई पनि टिममा बोलाइएको र उनले एक वा दुई खेल खेल्नेछन् भन्ने हेर्न बाँकी रहेको बताए। र्जेन्टिनाले भेनेजुएला र मोरोक्कोसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology