सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

वैदेशिक रोजगार पीडितको गुनासो सुनुवाईका लागि मन्त्रालयमै कल सेन्टरको स्थापना

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४, २०७५



  • काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा चैत १ गतेदेखि वैदेशिक रोजगारीका गुनासा सुनुवाई हुने गरी कल सेन्टर सुचारु हुने भएको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मन्त्रालयमा नै श्रमिकका गुनासा सुन्न र तत्काल समस्या कार्यान्वयनमा पहल गर्न कल सेन्टर सञ्चालनमा ल्याउन लागेको हो।

    वैदेशिक रोजगारीका नाममा श्रमिक ठगी तथा अलपत्र परेमा तत्काल सुनुवाई गरी समाधानमा सम्बन्धित पक्षलाई घचघच्याउन सरकारले कल सेन्टर स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ।

    धेरै नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाँदा भने जस्तो काम र कमाई नहुने, खाने बस्ने लगायत अन्य सेवा सुविधा नहुँदा अलपत्र पर्ने लगायतका समस्या आउने गरेका छन्। यस्ता समस्यामा परेर पनि तत्काल आफ्ना समस्या सुनुवाई नहुँदा श्रमिक मारमा पर्ने गरेका छन्।

    मन्त्रालयमा नै श्रमिकका गुनासा सुन्न र तत्काल समस्या कार्यान्वयनमा पहल गर्न कल सेन्टर सञ्चालनमा ल्याउन लागेको हो

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भने, ‘वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसगँको सहकार्यमा मन्त्रालयमा नै रहने गरी कल एक हप्ता भित्रदेखि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ।’

    मन्त्रालयले यस अघि पनि वैदेशिक रोजगार विभागमा र मन्त्रालय भित्र नै हेल्प डेस्क कल सेन्टर सञ्चालनमा ल्याएको थियो। तर त्यो हेल्प डेस्क टेलिफोन सेवाको प्रभावकारी प्रयोजन नहुँदा त्यसलाई निरन्तरता दिन नसकेको मन्त्रालयले जनाएको छ।

    नेपाल भित्रै तथा वैदेशिक रोजगारीमा पुगेका श्रमिकले आफू समस्यामा परेमा मन्त्रालयमा स्थापित कल सेन्टरमा फोन गरेर आफ्ना गुनासा टिपाउन सक्ने व्यवस्था गरिएको छ।

    वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले आगामी चैत्र १ गतेदेखि कलसेन्टर सञ्चालनमा ल्याउने गरी काम गरिरहेको जानकारी दिए। निर्देशकश्रेष्ठले भने, ‘हामीले कलसेन्टरमा आवश्यक उपकरण जोड्ने, मिलाउने काम गरिरहेका छौँ, अब एक हप्ता भित्रमा हामी सञ्चालनमा ल्याउँछौँ।’

    २४ घण्टै सेवा
    वैदेशिक रोजगार पीडितको गुनासो सुनुवाईकालागि कल सेन्टर आवश्यकता अनुसार सुरुमा कार्यल समयमा सञ्चालनमा ल्याउने तयारी गरेपनि २४ घण्टै गुनासा पीडितले राख्न पाउने गरी तयारी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।

    निर्देशक श्रेष्ठले भने, ‘सुरुमा हामी परीक्षण कालमा छौँ, राम्रोसँग परीक्षण पछि सञ्चालनमा ल्याउँछौँ। कलसेन्टर सुरुमा अफिस आवरमा सञ्चालनमा ल्याउने भएपनि पीडितको प्रतिक्रियाका आधारमा समय थपघट हुने श्रेष्ठले जानकारी दिए।

    ‘कलसेन्टर पीडितको आवश्यकताका आधारमा २४ घण्टा नै सञ्चालनमा ल्याउन समेत सकिन्छ’, ‘निर्देशक श्रेष्ठले भने। कल सेन्टरकालागि कर्मचारी समेत दक्ष, अनुभवी आवश्यक परेकाले सोही अनुसारका कर्मचारी राखिने भएको छ।

    प्राय सबै सामाजिक सञ्जालबाट सेवा
    पीडितको गुनासो सुनुवाईकालागि स्थापना हुन लागेको कलसेन्टरमा उपलब्ध सबै खालका सामाजिक सञ्जालबाट पीडितले आफ्ना गुनासा राख्न पाउने व्यबस्था गरिने भएको छ। कल सेन्टरमा गुनासो सुनुवाई वा टिपोट फोनमार्फत मात्रै नभएर फेसबुक, इमो, भाइबर, ह्वाट्सऐप, लगायत विभिन्न सामाजिक सञ्जालमार्फत समेत गुनासो सुनुवाई गर्न सकिने व्यवस्था गरिने बताइएको छ। त्यसकालागि प्राविधिक टोलीले प्राविधिक संयन्त्रमर्मत गरिरहेको मन्त्रालयले जानकारी दिएको हो।

    समस्यामा परेका श्रमिकले फोन गरेर गुनासा टिपाउँदा पैसा नलाग्ने गरी मन्त्रालयले व्यवस्था गरेको छ। कल सेन्टरमा पीडितले गुनासो राख्ने बित्तिकै सम्बन्धित पक्षमा तत्काल श्रमिक समस्यामा परेको सूचना पुग्ने गरी नेटवर्किङ व्यवस्था समेत गरिने भएको छ। वैदेशिक रोजगारीमा गएका श्रमिकका समस्यामात्रै नभएर स्वदेशमै रोजगारीका क्रममा समस्यामा परेमा त्यस्ता श्रमिकले समेत गुनासो राख्न पाउने व्यवस्था गरिने उल्लेख गरिएको छ।

    वैदेशिक रोजगारीका नाममा धेरै श्रमिक समस्यामा पर्ने क्रम बढेसँगै नेपालप्रहरीले समेत गुनासा सुनुवाईका लागि हटलाईन सेवा सञ्चालन गरिरहेको छ। महानगरीय अपराध महाशाखा टेकुमा समेत वैदेशिक रोजगारीमा रहेका पीडित श्रमिकले गुनासो राख्न पाउने गरी ११७७ नम्बरको हटलाईन सेवा सञ्चालनमा छ । यस हटलाईन नम्बरमा समेत पीडित श्रमिकले आफ्ना गुनासा राख्न पाउने छन्।

    वैदेशिक रोजगार विभाग तथा प्रहरीमा समेत गुनासो सुनुवाई सेवा त छ तर तत्काल पीडितको गुनासो सुनुवाई भने हुन सकेको छैन। गुनासो टिप्ने काममात्रै हुने तर कार्यान्वयनमा ध्यान दिन नसक्दा पीडित थप समस्यामा परेको उनीहरुको गुनासो छ। सरकारले ल्याएको कलसेन्टर सेवा पीडितका लागि निकै उपयुक्त हुन सक्ने तर गुनासा टिपेर मात्रै नहुने पीडित पक्षका गुनासा तत्काल सुनुवाई हुनुपर्ने जानकारहरु बताउँछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology