यस्ता छन् दाह्री काट्नुअघि ध्यान दिनुपर्ने कुराहरु

अहिले जाडो महिना छ । यो समयमा प्राय सबैले तातो पानीले नुहाउने चलन हुन्छ । अनि दाह्री काट्दा पानी तातो पानीले भिजाउने गरिन्छ । तर यसो गर्नु गलत हो । दाह्री र कपालका लागि भने चिसो पानी प्रयोग गर्नु राम्रो हुन्छ । तातो पानीले दाह्रीलाई असर गरिरहेको हुन्छ । तातो पानीले चिल्लो पदार्थ निकाल्ने हुँदा दाह्री झर्ने र कडापन बढी हुने समस्या आउँछ।

दाह्री काट्नु भन्दा अघि तपाईले जान्नै पर्ने कुराहरु यस्ता छनः
– दाह्री काट्नुअघि लामो समयसम्म दाह्रीलाई भिजाउने र छोप्ने चलन छ । तर यसो गर्नु पनि गलत हो । यसोगर्दा दाह्री र त्यहाँको छालका लागि नराम्रो हुन्छ। त्यसकारण दाह्री भिजाउनासाथ त्यसलाई सुक्खा बनाइहाल्नु राम्रो हुन्छ । धेरै बेर दाह्रीलाई भिजायो भने त्यो पानीले दारीलाई रुखो बनाउँछ।

– लामो दाह्रीलाई सफा राख्न धेरै उपाय अपनाइन्छ । नुहाउँने क्रममा वा सफा गर्ने क्रममा सेम्पुभन्दा कन्डिसनर प्रयोग गर्नु राम्रो हुन्छ। प्राय हप्तामा एकदेखि दुईपटकसम्म सेम्पो र तीनदेखि चारपटक कन्डिसनर लगाउनु राम्रो मानिन्छ।

– जसरी कपालमा तेल लगाउँछौँ, दाह्रीमा पनि नुहाएर थोरै तेल लगाउनु राम्रो हुन्छ।

– दाह्रीलाई सफा काइँयोले कोर्नुपर्छ, जसले यसलाई नरम बनाउन मद्दत गर्छ।

– धेरै मानिस दाह्री कोर्न लजाउँछन्, तर लजाउन हुँदैन।

– हजामकहाँ गएर दाह्री काट्दा उल्टो तरिकाले कहिल्यै पनि काट्न हुँदैन।

– दाह्रीमा हप्तामा एकदेखि दुईपटकसम्म सेम्पो र तीनदेखि चारपटक कन्डिसनर लगाए राम्रो मानिन्छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology